७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


सिन्धुलीमा नागरिकता र राहदानी बनाउने नागरिकको घुइँचो


182
Shares

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नेपाली नागरिकता र राहदानी बनाउने नागरिककाे घुइँचो लागेको छ ।

नेपालमा रोजगारीकाे अभावका कारण रोजगारीका लागि विदेशी भूमिमा जानका लागि केही समय यता नेपाली नागरिकता र राहदानी बनाउने नागरिकहरुकाे संख्यामा एक्कासी वृद्धि भएको हो ।

नेपालीहरुको महान पर्व बडादशैं र तिहार सकिएपछि विदेश जान तयारी गरी नागरिकता र राहदानी बनाउन आउनेहरुको घुइँचोले जिल्ला प्रशासन कार्यालय सिन्धुलीका कर्मचारीहरुलाई कार्यालयको काम सम्पादन गर्न भ्याई-नभ्याई भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयाे ।

१६ वर्ष उमेर पुगेका किशाेर-किशाेरीहरु नागरिकता र राहदानी बनाउनका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेका छन् । भदौ महिना लागेसँगै दैनिक २ सयदेखि ३ सयकोे संख्यामा नागरिकता प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालयको नागरिकता र राहदानी फाँटले जनाएको छ ।

नागरिकता र राहदानी बनाउने सेवाग्राहीहरुका लागि सजिलो होस् भन्ने उदेश्यले फाँट सम्हाल्ने भन्दा बढी संख्याका कर्मचारीहरुलाई समेत नागरिकता र राहदानी फाँटमा काममा लगाएको कार्यालयले जनाएको छ ।