
फाइल तस्बिर
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुने बताउनुभयो ।
उहाँले एमाले नीतिका आधारमा जनतामाझ जाने जानकारी पनि दिनुभयो । एमाले आफ्नो मान्यतामा दृढ रहेकोसमेत उहाँले स्पष्ट पार्नुभयो ।
निर्वाचनको समयमा जनताका मुद्दामा बहस केन्द्रित हुनुपर्ने भन्दै उहाँले मुलुकलाई सही दिशामा लैजानका लागि एमालेको नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्