
काठमाडौं । नयाँ स्टक एक्सचेन्ज सञ्चालको बाटो खुलेकोमा शेयर लगानीकर्ताहरुले स्वागत गरेका छन् ।
शेयर लगानीकर्ताहरुको तीन वटै संगठन नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नयाँ स्टक एक्सचेन्ज सञ्चालन र ब्रोकर लाइसेन्स वितरणको बाटो खोलेकोमा स्वागत गरेका हुन् । विगत लामो समयदेखि आफुहरुले उठाउँदै आएका माग सम्बोधन भएकोमा उनीहरुले खुशी व्यक्त गरेका हुन् ।
लगानीकर्ताले उठाउँदै आएका प्रमुख माग मध्ये बैंकलगायत नयाँ ब्रोकर संख्या थप गर्ने कार्य फ्री इन्ट्री÷फ्री एक्जिट र नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्न बनेको ‘धितोपत्र व्यवसायी नियमावली, २०६४ (चौथो संशोधन) विधेयकलाई मन्त्रिपरिषद्बाट पारित गरेर ऐतिहासिक निर्णय भएको भन्दै उनीहरुले सरकार र सरोकारवाला निकायको मुक्तकण्ठले प्रशंसा गर्दै हार्दिक आभार समेत व्यक्त गरेका छन् ।
साथै उनीहरुले मार्जिन लेन्डिङ, ब्रोकर कमिसन, डीपी शुल्क हटाउने कार्य पनि यथाशीघ्र हुने अपेक्षा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्