१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कमलामाई नगरपालिकाले लक्ष्य भन्दा बढी राजस्व रकम संकलन गर्‍यो


104
Shares

सिन्धुली । सिन्धुलीकाे कमलामाई नगरपालिकाले आन्तरिक राजस्वकाे लक्ष्य भन्दा बढी रकम संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाले लक्ष्य भन्दा १ करोड १६ लाख १३ हजार ९ सय ७४ बढी राजस्व रकम संकलन गरेको हो । नगरपालिकाले सबै भन्दा बढी घरबहाल कर संकलन गरेको जनाएकाे छ । साेही नगरपालिकाले १ करोड २५ लाख १३ हजार १ सय ९९ रुपैयाँ राजस्व रकम संकलन गरेको छ । त्यस्तै एकीकृत सम्पति करबाट १ करोड १९ हजार ७ सय ४९ रुपैयाँ संकलन भएको कमलामाई नगरपालिकाले जनाएको छ ।

भूमिकर मालपोतबाट २ लाख ६४ हजार ९ सय ९३, बहाल बटौरी कर ५६ लाख २९ हजार २ सय १२, अन्य स्रोतबाट प्राप्त २७ लाख ९३ हजार ४२, अन्य सेवा शुल्क तथा बिक्रीबाट ३६ लाख ४५ हजार १ सय १८, पार्किङ शुल्क ७ लाख ७७ हजार ३ सय ५०,नक्सापास दस्तुर २६ लाख ८६ हजार २ सय ७२ रुपैयाँ ८४ पैसा, सिफारिस दस्तुर ६० लाख ७६ हजार ७ सय ८४ रुपैयाँ १९ पैसा, व्यक्तिगत घटना दर्ता ६ लाख ७९ हजार ५ सय ७६ रुपैयाँ, नाता प्रमाणित दस्तुर ३ लाख २० हजार ४०, अन्य दस्तुर ४५ लाख ९ हजार १ सय ८२ रुपैयाँ ५ पैसा, न्यायिक दण्ड, जरिवाना र जफतबाट २ हजार १ सय रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ३ लाख ४२ हजार ७ सय ६७ रुपैयाँ ९० पैसा राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिकाले धरौटी सदरस्याहाबाट ४ लाख ६२ हजार ५ सय ६५ रुपैयाँ ५० पैसा , अन्य राजस्व ५१ लाख ६२ हजार ३ सय २७ रुपैयाँ २८ पैसा, व्यवसाय कर ९ लाख ५४ हजार ९ सय ५० रुपैयाँ र बेरुजु ६ लाख ६९ हजार ९ सय ५० रुपैयाँ ६० पैसा गरी जम्मा ६ करोड ३३ लाख ५३ हजार ९ सय ७४ रुपैयाँ ३३ पैसा राजस्व संकलन भएको नगरपालिकाले जानकारी दिएको छ ।

यस आर्थिक वर्ष २०७९/०८० मा ६ करोड ३३ लाख ५३ हजार ९ सय ७४ रुपैयाँ ३२ पैसा राजस्व संकलन गर्ने लक्ष्य रहेको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकालले बताउनुभयाे । कमलामाई नगरपालिकाको आन्तरिक आम्दानी तथा राजस्वको दायरा बढाउन योजनाका साथ काम भएको नगरप्रमुख उपेन्द्र पोखरेलले बताउनुभयाे ।