१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भैँसी चराउन गएका अधिकारीको बाघको आक्रमणबाट मृत्यु


637
Shares

काठमाडौं । चितवनको सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

माडी नगरपालिका–२ स्थित मध्यवर्ती सामुदायिक वन अमलियामा शनिबार भैँसी चराउन गएका स्थानीय ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाघले खाएको अधिकारीको शवलाई प्रहरीले आज आइतबार बिहान जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शनिबार दिउँसो अधिकारी र उनका २५ वर्षीय छोरा होम बहादुर अधिकारी दुवै जना जंगलमा भैँसी चराउन गएका थिए । आफू भैंसी चराएर आउने भन्दै छोराले जंगलबाट घर पठाएका सूर्यनाथ बेपत्ता भएका थिए ।