८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


व्यवसायीद्वारा कच्चा सामग्री आयात गर्दा लाग्ने कर निःशुल्क गर्न माग


182
Shares

काठमाडौं । फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई निःशुल्क गर्न व्यवसायीहरुले माग गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरुको वृहत प्रदर्शनीका अवसरमा व्यवसायीहरुले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन् । यसका लागि कच्चा सामग्रीहरु भारत लगायत तेस्रो मुलुकबाट आउने गरेको र तयारी सामग्रीको जति नै भन्सार शुल्क तिर्नुपरेको दुखेसो व्यवसायीहरुले गरेका छन् ।

एसपी ग्यालरीका अध्यक्ष रामचन्द्र शर्माले कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कलाई कम अथवा मिनाहा गर्न सरकारसमक्ष माग गर्नुभयो । उहाँले भन्सार शुल्क बढी भएमा विदेशी उत्पादनसँग नेपाली उत्पादनले प्रयोग गर्न नसक्ने उहाँको भनाई छ । करको दायरा घटेमा यो व्यवसायको दायरा अझ फराकिलो हुने र देशमा धेरै भन्दा धेरै रोजगारी सिर्जना हुने उहाँले बताउनु भयो ।

यस्तै युनाइटेड फम एण्ड मेट्रेस इण्डष्ट्रिजका सञ्चालक दिलसाद आलमले काठका सामग्रीहरु विदेशबाट लिनुपरेको भन्दै फर्निचरवालाहरुलाई टेण्डरमा लगाएर नेपालकै प्रयोग गर्न लगाउनुपर्ने बताउनु भयो । व्यवसायी द्रोण न्यौपानेले स्वदेशी फर्निचर तथा फर्निसिङप्रति नेपालीहरुको विश्वास बढ्दै गइरहेको बताउनुभयो ।