६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सर्लाहीमा सडकका संरचना हटाउन सुरू


2.418k
Shares

सर्लाही । लालबन्दी नगरपालिकाले सडकको दायाँबायाँ ७५ फिट क्षेत्र खाली गर्न ७ दिने सूचनाको अवधि साेमबार नै सकिएकाे छ ।

नगरपालिकाले अवधि सकिएपछि कार्यान्वयन गर्न मंगलबारबाट ७५ फिट क्षेत्र खाली गर्न सुरू गरेकाे हाे । नगरपालिकाले स्वच्छ, सुन्दर र समुन्नत लालबन्दी नगर सड निर्माण हाम्रो अभियान नारासहित संरचना हटाउन सुरू गरेकाे छ । ठेलागाडीदेखि ठूला महलसम्मका सम्पूर्ण व्यापारीहरूको मागलाई सम्बोधन गर्दै सुन्दर र समुन्नत नगर निर्माण अभियानमा साथ दिन लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारिले आग्रह समेत र्गनुभएको छ ।

सडकमा रहेका स्टल, पसल, ठेलागाडा, ई–रिक्सा, अटो र म्याजिक लगायतलाई नगरपालिकाले सडकको दायाँबायाँ ७५ फिट खाली गर्ने अभियानमा सहयोग गर्न र साेही संरचनाहरू सडकमा नराख्न समेत नगरप्रमुख अधिकारिले आग्रह गर्नुभएकाे छ ।

सडकमा त्यस्ता फुटपाथ पसल, ठेलागाडा, स्टल, सवारी साधन र निर्माण सामग्री समेत राख्दा सडकको अवस्था कुरुप बन्दै गएकाे उहाँकाे तर्क छ । नगरपालिकाले बजारको सुन्दरतामा समेत कमी आएको र दुर्घटनाको जोखिम बढेको भन्दै यस्ता संरचना हटाउन लागेकाे हाे । नगरपालिकाले जारी गरेको सूचना सोमबार सकिएको छ । सोमबारसम्म धेरै संरचना नहटाइएपछि मंगलबारबाट डोजर लगाएरै नगरपालीकाले काम सुरू गरेकाे छ ।

यसरी डोजर लगाएर संरचना भत्काउँदा स्थानीय तथा प्रहरीको तथा जनप्रतिनिधिको संयुक्त टोलीले काम गरिरहेकाे छ ।