२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महिलालाई आत्मनिर्भर बनाउन जरुरी छ : मन्त्री रेग्मी


247
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताउनु भएको छ ।

मंगलबार काठमाडौंको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सो कुरा बताउनु भएको हो ।

त्यस अवसरमा उहाँले सो भवन महिलाहरुलाई आधारभूत तालिम दिई दक्ष बनाउन उपयोगी हुने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्री रेग्मीले सो भवनलाई उद्देश्यमूलक ढंगले संचालन गर्न समाज कल्याण परिषदका पदाधिकारीहरुलाई निर्देशन समेत दिनुभयो ।

मन्त्री रेग्मीले महिलाहरुको दक्षता अभिवृद्धि गरी उनीहरुलाई उद्यमी बनाउने काममा मन्त्रालयले पनि सो तालिम केन्द्रलाई आवश्यक सहयोग गर्ने आश्वासन पनि दिनुभयो । कतार च्यारिटीको सहयोगमा निर्माण गरिएको यस भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा र एउटा सेमिनार हल रहेको छ ।

यसै अवसरमा महिलाहलाई सिलाईकटाई तालिमको पनि शुभारम्भ गरिएको थियो ।