१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निलम्बित प्रधानन्यायाधीश राणाको बयान सकियो


507
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सकिएको छ ।

महाअभियोग सिफारिस समितिले तयार पारेको ४३ प्रश्नमा बाँकी ८ वटा प्रश्नको बयान मंगलबार सकिएको हो

राणासँग मंगलबार पाँचौ दिनको बयान हो ।

राणाको बयानमा प्रतिप्रश्न गर्न समितिले फेरि बोलाउने छ ।

राणाले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ ।

समितिले राणासँग भदौ १५ गतेबाट बयान लिन सुरु गरेको थियो ।