
काठमाडौं । काठमाडौं महानगरले राजस्व बुझाउन पत्र काटेका ४५ वटा संस्थामध्य ९ वटा संस्थाले मात्रै महानगरलाई राजस्व बुझाएका छन् ।
मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन महानगरले ती संस्थालाई पत्राचार गरेको थियो । तर, हालसम्म ९ वटा संस्थाले मात्रै कर बुझाएको महानगरको राजस्व विभागले जनाएको छ ।
कर तिर्न बाँकी संस्थालाई ताकेता गरिएको महानगरले जनाएको छ । यसैबीच काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
महानगरपालिले सूचना निकालेर आफ्नो कार्यक्षेत्र भित्रका सहकारीलाई पुसभित्र साधारणसभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस्