
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सडक पेटी कब्जा गरेका व्यापारीलाई सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।
सन्धिखर्क नगरपालिकासँग संयुक्त बजार अनुगमन गर्दै कार्यालयले सडक नै ओगटने गरि व्यवसाय संचालन गरेकाले सात दिनभित्र हटाउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्येले जानकारी दिनुभयो ।
यस्तै, कार्यालयले होटलहरुलाई सफा राख्न र पसलमा मूल्यसूची राख्न पनि निर्देश गरेको छ ।
प्रतिक्रिया दिनुहोस्