
काठमाडौं । नेपाली चलचित्र ‘सायरा’को औपचारिकरूपमा घोषणा गरिएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्र पक्षले घोषणा गरेको हो । डिविआर मिडिया एण्ड प्रालिको प्रस्तुतिमा बन्न लागेको चलचित्रमा अभिनेता आर्यन सिग्देल, कविता नेपाली र भारतीय अभिनेत्री सुफिया सिद्धिकीको मुख्य अभिनय रहने छ ।
प्रेमकथामा आधारित यस चलचित्रको लेखन र प्रस्तुति रघु परियारको रहेको छ । निर्माता पुष्कर झा रहने यस चलचित्र नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिए ।
भारतमा पनि चलचित्रको पत्रकार सम्मेलन गरिने छ । दशैंपछि छायाङ्कन गरिने यस चलचित्रको ९० प्रतिशत अष्ट्रेलियामा र १० प्रतिशत नेपालमा छायाङ्कन हुने चलचित्र पक्षले जानकारी दिएको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको पनि उपस्थिति रहेको थियो । अध्यक्ष केसीले विश्व बजारमा नेपाली चलचित्रको विकास हुनुपर्ने र सायरा चलचित्रले पनि दर्शकको मन जित्न सक्ने आशा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्