१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


बारामा परीक्षा पुस्तिका जाँच नै नगरी विद्यार्थीलाई अंक


260
Shares

बारा । बाराको जीतपुरसिमरा उपमहानगर भित्रका सामुदायिक नमुना विद्यालयहरुले परीक्षा पुस्तिका जाँच्दै नजाँची विद्यार्थीलाई अंक दिने गरेको खुलेको छ ।

उपमहानगरका प्रमुख राजन पौडेल सहित शिक्षा महाशाखाको टोलीले गरेको निरीक्षणमा नमुना विद्यालयसहित अन्य ५ बिद्यालयले परीक्षा पुस्तिका जाँचै नगरी मनपरी ढंगले अंक दिएको खुलेको हो ।

शिक्षकहरु आफैंले मनोमानी ढंगले विभिन्न विषयमा अंक लेखेर उपमहानगरको शिक्षा महाशाखालाई बुझाउने गरेको खुलेको प्रमुख पौडेलले बताउनुभयो ।

नमुना माध्यमिक विद्यालय, बकुलियाले परिक्षा सकिएको छ महिनासम्म सुरक्षित राख्नु पर्ने उत्तरपुस्तिका कवाडीमा बिक्रि गरेको पनि खुलेको छ । उतरपुस्तिका दराजमा थन्क्याएको अनुगमन टोलीले फेला पारेपछि उपमहानगरका अन्य सामुदायिक विद्यालयमा समेत यस्तै हुने गरेको आशंका गरिएको छ ।

नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालय, बकुलिया र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपराका शिक्षकहरुले कक्षा ८ को परीक्षाको उत्तरपुस्तिका दराजमा राखेको र उत्तरपुस्तिका जाँचै नगरी हचुवामा नम्बर दिइएको महाशाखाका अधिकृत हरिष भट्टले बताउनुभयो ।

उपमहानगरले उक्त विद्यालयका प्रधानाध्यापक सहित बिषयगत शिक्षकहरुलाई तत्काल कारवाहीको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

स्थानीय सरकार संचालनको छैटौ वर्ष लाग्दै गर्दा बाराको स्थानीय तहहरुमा प्रमुख सहित शिक्षा शाखाको टोलीले सामुदायिक विद्यालयमा छडके अनुगमन गरेको यो पहिलो घटना हो ।