
काठमाडौं । भूमि आयोगले भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ ।
आयोगले आज (बुधबार) एक सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन पनि भनेको छ । यसपटक आयोगले ७ प्रदेशका २८ जिल्लाका लागि निवेदन आह्वान गरेको हो ।
जसअन्तर्गत प्रदेश-१ का सोलुखुम्बु र तेह्रथुम, मधेशका सप्तरी, धनुषा, महोत्तरी र रौतहट, बागमतीका रामेछाप, काठमाडौं, भक्तपुर र सिन्धुपाल्चोक रहेका छन् ।
त्यस्तै, गण्डकीको नवलपरासी पूर्व, स्याङ्जा र मुस्ताङ, लुम्बिनीका बर्दिया, रुकुम पूर्व, रोल्पा र नवलपरासी पश्चिम, कर्णालीका रूकुम पश्चिम, जुम्ला, कालिकोट, मुगु, डोल्पा, सल्यान, हुम्ला र दैलेख रहेका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशका अछाम, बैतडी र डडेल्धुरा रहेका छन् ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिन पाउने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्