
काभ्रे । विद्यार्थीलाई पठनपाठनमा रुची बढाउन काभ्रेका ५ विद्यालयमा बुक बस कार्यक्रम सुरु भएको छ ।
अमेरिकी दुतावासको सहयोगमा बनेपामा रहेको विद्या सागर स्कुल, हिमालय मावि, समता शिक्षा निकेतन, आजाद मावि र चैतन्य माविमा बुक बस कार्यक्रम सुरु गरिएको हो । भाद्र १९ गतेदेखी सुरु भएको उक्त कार्यक्रम असोज ६ गतेसम्म चल्नेछ ।
कार्यक्रम अवधिभर विद्यालयमा भाषा, कला, विज्ञान र प्रविधि बारे विविध कार्यशाला तथा पठनपाठनका कार्यक्रम आयोजना गरिनेछ । बुक बसले विद्यार्थीमा पठनपाठनप्रति आकर्षण बढाउने, सिर्जनात्मक सोचाई विकास हुने अपेक्षा गरिएको छ ।
बुक बसका कारण आफुहरुले नयाँ–नयाँ पुस्तक पढ्न पाएको विद्यार्थीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्