२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसदमा बायोमेट्रिक हाजिरी सुरु गर्न सांसद प्रधानको माग


156
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य भीमसेनदास प्रधानले संसदको बैठकमा नियमित आउने र नआउनेबीचको मूल्याङ्कन नभएको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद प्रधानले यस्तो गुनासो गर्नुभएको हो । उहाँले अब बन्ने संसदमा सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रधानले संसद बैठकमा गणकपुरक सख्या नपुग्दा तीन मिनेट घण्टी बझाउनुपर्ने स्थिति भएको भन्दै सांसदप्रति नकारात्मक दृष्टिकोण बन्न गएको प्रति ध्यानाकर्षण गर्नुभयो ।

उहाँले सांसदहरुको बायोम्याट्रिक प्रणालीमा हाजिर गर्ने व्यवस्था गरी संसदमा बस्ने र नबस्ने सांसदहरुको सही मूल्याङ्कन हुनुपर्ने बताउनु भयो । त्यस्तै, सांसद मनकुमारी जिसीले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले प्राथमिक तहदेखि उच्च माविसम्मका शिक्षकहरुको माग सम्बोधन नभएसम्म गुणस्तरिय शिक्षा हुन नसक्ने बताउनु भयो ।

त्यस्तै सांसद मिना पाण्डेले नागरिकता विधेयक राष्ट्रपतिले रोक्न नहुने बताउनु भयो । यस्तै सांसद यज्ञराज सुनुवारले निलम्वित प्रधानन्यायाधीश जबराले उठाएका गम्भीर सवालमा सरकार र महाअभियोगमा हस्ताक्षर गर्ने सांसदहरु नबोल्दा संसय पैदा भएको बताउनुभयो ।