१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


थप ११९ जनामा कोरोना संक्रमण


65
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ८४ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ९ सय ५५ जनाको पीसीआर र २ हजार १ सय २९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार १ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार १ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।