
सोलुखुम्बु । सोलुखुम्बुका युवा गायक ललित राईको स्वरमा रहेको ‘देउरालीमा’ बोलको गीत सार्वजनिक भएको छ ।
टिका चाम्लिङको शब्द, जसिहाङ राईको संगीत, राजु कार्कीको संगीत संयोजन रहेको गीत स्टुडियो भिडियो सहित सार्वजनिक भएको हो ।
मुना राई, रोशना राई र सुस्मा राईले गायक ललित राईलाई कोरसमा साथ दिएका छन । याममामा सेकुवाघर, खुमलटारले निर्माण गरेको स्टुडियो भिडियो गाउँले इन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
उक्त स्टुडियो भिडियोमा छयाङ्कन र सम्पादन गंगाराम राईले गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्