१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोलुमा पनि देखियो डेंगु सङ्क्रमण


52
Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पनि डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाभित्रका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । अस्पताल निमित्त प्रमुख सानी शेर्पाकाअनुसार थुलुङ दूधकोशी गाउँपालिका–२ काँगेलका ३३ बर्षीय युवक र वडा नम्बर ३ का ६० बर्षीय वृद्धलाई सङ्क्रमण पुष्टि भएको हो ।

उहाँहरुको ट्राभल हिस्ट्री नभएको बताइएको छ । काँगेलका वृद्धलाई बस्तुभाउ चराउने क्रममा दिउँसो लामखुट्टेले टोकेको थियो । त्यसको केही दिनमा उहाँलाई टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने जस्ता लक्षणका कारण बिरामी पर्नुभएको हो ।

मोबाइलको रिङ ब्याकटोनमा राखिएको सन्देशको सुनेर शंका लागेपछि फाप्लु अस्पतालमा परिक्षण गर्दा डेंगु पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ ।