
काठमाडौं । मंगलबार दोहोरो अंकले उकालो लागेको शेयर बजारमा दोस्रो दिन उछाल आयो ।
यस दिन उतार चढावबीच बजार परिसूचक नेप्से ४७ अंक बढीले उकालो लागेर १९ सय ८१ पुग्यो ।
निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको बजार मंगलबारदेखि हरियो रहेको हो । पछिल्ला दिन अर्ब तलै रहँदै आएको कारोबार पनि सुधारिएर डेढ अर्ब नजिक पुग्यो ।
सबै समूहमा हरियाली छाउँदा विकास बैंक समूहमा सबैभन्दा उच्च १ सय ६० अंकको वृद्धि आयो । व्यापार, दुबै बीमा, लघुवित्त र उत्पादनमूलक समूह पनि सय अंक बढीले उक्लिए ।
वित्त समूहमा पनि सय अंक हाराहारीको बृद्धि आउँदा बाँकी पनि अधिकांशजसो दोहोरो अंकले बढे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको ४६ लाख बढी कित्ता शेयर १ अर्ब ४५ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय ८४ कम्पनीका लगानीकर्ताले कमाउँदा ५ कम्पनीकाले मात्र गुमाएको पनि एक्सचेन्जले जनाएको छ । यस दिन ग्रीन डेभलेपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्