
स्याङ्जा । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको गल्याङ सेतीवेणी सडक अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गको भित्री सडकखण्ड अन्तर्गत गल्याङ नगरपालिका–७ स्थिति ठुलापधेरा भन्ने ठाउँमा करिब २० मिटर सडक खसेको छ ।
सडक छेउको भाग चिरा परेर रहेकोले अझै पहिरो जानसक्ने स्थानीयले बताएका छन् ।
सडक अवरुद्ध भएपछि स्थानीयलाई बजार आउनजान समेत कठिन भएको छ ।
वर्षा नरोकिएको हँुदा सडक सञ्चालनमा कठिनाइ भएको नगरपालिकाले जनाएको छ ।
सडकको भाग पुरै खसेको हुँदा तत्काल सडक निमाण गर्न कठिनाइ देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्