२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बैतडीमा अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई अवकाश दिने तयारी


104
Shares

बैतडी । बैतडीमा अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकलाई अवकाश दिने तयारी भएको छ ।

यहाँको सुर्नया गाउँपालिकाले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई अवकाश दिने भएको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने जनाएको छ।

साेही गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको विषयमा ३ दिनभित्र पालिकालाई जानकारी गराउन भनेको छ । हालै बसेको गाउँकार्यपालिकाको बैठकले लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा विद्यालय व्यवस्थापन समितिहरुले लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिनुपर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसिंह महराले जानकारी दिनुभयो ।