
काठमाडौं । थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८२७ जनामा कोरोना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
शुक्रबार १२६ जना कोरोनाको संक्रमणबाट मुुक्त भएका छन् ।
हाल २०६२ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्