
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले शनिबार बाढी र पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत र उद्धारको काम गर्न निर्देशन दिनुभएको छ ।
लगातारको वर्षापछि अछामसहित देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोमा परी बेपत्ता-घाइते भएकाहरु तथा प्रभावितको उद्धारमा खटिन उहाँले निर्देशन दिनुभएको हो । उहाँले आवश्यक ठाउँमा तत्काल हेलिकाेप्टर पठाउन पनि गृह प्रशासनलाई निर्देशन दिनुभएको छ ।
सरकारको प्रमुख दायित्व नागरिकको जिउ र धनको रक्षा गर्नुभएको उहाँकाे तर्क छ । बाढी-पहिरोमा प्रभावित भएका मानिसलाई सुरक्षित ठाउँमा सार्न र औषधी उपचार तथा खाद्यान्नको आवश्यक व्यवस्थापन गर्न कुनै कसुर बाँकी नराख्नु पर्ने उहाँकाे भनाइ छ ।
साथै जिल्लामा भएको स्रोत र साधनले अपुग भएमा मन्त्रालयमा तत्काल लेखेर पठाउन निर्देशन समेत उहाँले दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्