१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युक्रेनको आक्रामक गतिविधिले रुसको योजनामा प्रभाव पर्दैन: पुटिन


1.911k
Shares

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनकोप्रति–आक्रामक गतिविधिले रुसको योजनामा कुनै प्रभाव नपार्ने दावी गर्नुभएको छ ।

युक्रेनले पछिल्ला केही दिनमा रुसले कब्जा गरेका क्षेत्रमा प्रतिआक्रमण गरिरहेको हाे । सोही सम्बन्धमा रुसी राष्ट्रपति पुटिनले पहिलो पटक सार्वजनिक रुपमा टिप्पणी गनुभएको छ ।

युक्रेनी सैनिकले पछिल्लो ६ दिनमा उत्तर–पूर्वी खार्किभ क्षेत्रमा रुसको कब्जामा रहेको मध्ये ८ हजार वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको बताएको छ । तर राष्ट्रपति पुटिनले भने आफूलाई कुनै हतार नरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले डोन्बास क्षेत्रमा रुसी आक्रमण जारी रहने बताउनुभयो । रुसले अहिलेसम्म आफ्ना सैनिक पूर्ण क्षमतामा तैनाथ नगरेको उहाँको दावी छ ।