१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ


1.469k
Shares

काभ्रे । काभ्रेमा श्रीमतीलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाउने श्रीमान पक्राउ परेका छन् ।

आज (शनिबार) बिहान ५ बजे रोशी गाउँपालिका–७ बिक टोल बस्ने ३२ वर्षीय राजकुमार बिकले आफ्नै श्रीमती साइली बिकलाई शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हाे ।

राजकुमारले घरायसी झै–झगडाका कारण रोशी गाउँपालिका वडा नम्बर ११ भिमखोरीस्थित ससुराली घरमा श्रीमतीलाई खुकुरी प्रहार गर्दा साइली बिक गम्भीर घाइते हुनुभएकाे हाे । घाइते बिकको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

राजकुमार भने इलाका प्रहरी कार्यालय मंगलटारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयाे ।