५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


मन्जुदेवी गुप्ता स्मृति भेट्रान कपको उपाधि मोरङलाई


65
Shares

बारा । बाराको सिमरामा आयोजित मन्जुदेवी गुप्ता स्मृति दोश्रो अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि मोरङको जहदा भेट्रान क्लबले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा चितवन भेट्रानलाई २—० ले हराउँदै मोरङले उपाधि जितेको हो ।

मोरङको जितमा खेलको पहिलो हाफमा डेनिम राई र दोश्रो हाफमा विनोद धिमालले एक एक गोल गरे ।

खेलमा थुप्रै सुन्दर अवसर सिर्जना गरेपनि फिनिसिंङमा चुक्दा चितवन उपविजेतामा सिमित बन्यो ।

प्रतियोगिताका विजेताले एक लाख पचास हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मोरङका डेनिम राई घोषित भए ।

अन्य विधागत पुरस्कार तर्फ गोलरक्षक मोरङका मिनबहादुर बस्नेत, डिफेन्स मोरङकै रमेशकुमार बस्नेत, मिडफिल्डर चितवनका यमु राना र उच्च गोलकर्ता सिमराका गोपि भट्ट घोषित भए ।

मधेश प्रदेशमै पहिलो पटक अन्तराष्टिय प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता रहेको थियो ।

स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखि प्रतियोगिता आयोजना गरेको थियो ।