
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको निवासमा राष्ट्रिय मानवअधिकार आयोगको टोली अनुगमनकाे लागि पुगेको छ।
जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगकाे टाेली अनुगमनकाे लागि पुगेकाे हाे ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली जबरा निवासमा गएकाे बताउनु भयाे । उहाँका अनुसार सर्वोच्च अदालत पनि आयोगकाे टोली गएको छ ।
आयोगका अनुसार टोलीले सर्वोच्च र जबरा निवासमा पुगेर अनुगमन सुरु गरेको छ । अनुगमन टोली फर्किएपछि जबराको अवस्थाबारे आयोगले धारणा सार्वजनिक गर्ने बताइएकाे छ ।
१ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए ।
प्रतिक्रिया दिनुहोस्