१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कफी र चियाको बिमा हुने : निर्देशक भट्टराई


273
Shares

अर्घाखाँची । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्याकारी निर्देशक डां विष्णुप्रसाद भट्टराईले सरकारले पछिल्लो समय ९५ प्रतिशत कफीका बोट र चियामा ७५ प्रतिशत सम्म बिमाको कार्यक्रम ल्याउने निर्णय गरिसकेको बताउनुभएको छ ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा चिया तथा कफीको एकीकृत विकासका लागि बोर्ड र स्थानीय निकायबीच अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । जिल्ला कफी र चियाको लागि उपयुक्त वातावरण भएकोले उत्पादन हुने ठाँउको अध्यान गरिसकेको पनि भट्टराईले बताउनुभयो । नेपालको कफी उत्पादन योग्य १२ स्थान मध्ये अर्घाखाँची ७ औ स्थानमा हावापानीको हिसाबले राम्रो भएको बताउनुभयो ।

कफी विकास कार्यालय प्युठानको आयोजनामा भएको कार्यक्रममा कार्यालयका निमित्त प्रमुख एकराज संज्यालले अर्घाखाँचीमा ३४ हजार ६ सय ४९ मेक्ट्रीक टन कफि उत्पादनको क्षेत्रफल रहेको बताउनुभयो । जिल्ला समन्वयका प्रमुख जीब नारायण कोईरालाले आफु ६ वटै स्थानीय सरकार संग उत्पादनमुखी तथा नगदे बालीको कार्यक्रम संचालन गर्न तयार रहेको बताउनुभयो । उत्पादनको लागि सहकार्य गर्न तयार भएको बताउनुभयो ।

युवाहरु बेरोजगारीका कारण दिनप्रतिदिन विदेशीएको, उत्पादन योग्य जमिन बाझो भएकोले यसको न्युनीकरणको लागि उत्पादनदेखि बजार सम्मको व्यवस्थाममा समन्वय भएमा यो कार्यक्रम दिर्घकालीन रुपमा प्रभावकारी हुने कुरामा जोड दिनुभएको थियो ।

२०७४ साल सम्म १८ हजार मेक्ट्रीक टन कफी उत्पादन हुँदै आएको जिल्लामा त्यस यता गोबारे किराले गर्दा किसानको उत्पादन घट्दै आएको वरिष्ठ कृषक तथा जिल्ला कफी व्यावसायि संघका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताउनुभयो । २०४५ सालबाट गुल्मीबाट कफीका बोट लिएर अर्घाखाँचीमा सुरुवात गरियो २०६२ सालबाट उत्पादन दिन सुरु भयो ।

निकै उत्साहका साथ कृषक लागेका थिए । ११ सय बढी कफीका कृषक बनेका थियौं, २०७४ यता को उत्पादन परिणामले आफूलाई निरास पारेको बताउनुभयो । सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घा हिलेका स्थानीय कृषक ताराप्रसाद पौडेलले ३ हजार चियाका बोट लगाउनुभएकोमा १६ वर्ष पछि प्रति केजी चियाको मुल्य २० देखि २५ हजार सम्म मुल्य पर्छ भनेपछि खुशी हुनुभयो ।

पाणिनी गाउँपालिका वडा नम्बर ८ की बिना ज्ञवालीले ५५ रोपनी क्षेत्रफलमा ५ हजार कफीका विरुवा यो वर्ष लगाएको बताउनुभयो ।