
काठमाडौं । नेपाली सांगितिक जगतको महाउत्सव इमेज अवार्डको २२ औं संस्करणकाे आज (साेमबार) आयोजना गरिंदैछ ।
इमेज च्यानलले गित, संगित, कला र साहित्य सिर्जनामा विशेष योगदान गरेकाहरुलाई सम्मान गर्न प्रत्येक वर्ष इमेज अवार्ड गर्दै आएको हाे । यस पटकको समारोहमा विभिन्न १५ विधामा उत्कृष्ट सर्जक एवं कलाकर्मीहरुलाई सम्मान गरिने भएकाे छ।
यस वर्ष इमेज लाइफटाइम इमेज अवार्ड कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिने भएकाे छ । हास्यब्यंग्य कलामा प्रखर ब्यक्तित्वहरु वरिष्ठ कलकार मह जोडीलाई यस वर्षको लाइफटाम अचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको हो ।
इमेज अवार्डमा २०७६ असार १ गतेदेखि २०७९ जेठ मसान्तसम्म सार्वजनिक भएका सिर्जना मध्येबाट उत्कृष्टलाई सम्मान गरिने भएकाे छ । यस पटक सर्वोत्कृष्ट नेपहप-र्याप प्रस्तुती विधा पनि समावेश गरिएको छ । लामो यात्रा पार गर्दै आजसम्म आइपुग्ने क्रममा इमेज अवार्डमा थुप्रै स्रष्टा र सर्जकहरु सम्मानित भईसकेका छन् ।
साेमबार साँझ ५ बजेदेखि सुरु हुने इमेज अवार्डको प्रत्यक्ष प्रसारण इमेज च्यानल, इमेज एफएम ९७ः९, इमेज न्यूज एफएम १०३.६, इमेज खबर डटकम, युटुब र फेसबुकमा समेत हेर्न सक्नुहुने छ ।
प्रतिक्रिया दिनुहोस्