९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विराटनगर विमानस्थलका पीडितले न्याय पाउँदै


65
Shares

काठमाडौं । लामो समयदेखि संघर्षरत विराटनगर विमानस्थल पीडित सर्वसाधारणको जग्गा फुकुवा हुने भएको छ ।

आफ्नै सम्पत्ति आफैंले उपयोग गर्न नपाएको भन्दै जग्गा फुुकुवाको माग राखेर उनीहरुले आन्दोलनरत थिए । मुआब्जा दिने भनेर अढाई वर्षदेखि रोक्का गरिएको जग्गाको मुआब्जा नपाएका सर्वसाधारण मुआब्जा र जग्गा फुकुवा गरिदिन गत वर्षदेखि संघर्षमा थिए ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विमानस्थल विस्तारका लागि भन्दै विराटनगरका करिब साढे ३ सय परिवारको १ सय २६ बिघा जग्गा रोक्का गरेको थियो । वर्तमान सरकारले उक्त निर्णय खारेज गरेसँगै सर्वसाधारणको जग्गा फुकुवा हुने भएको हो ।

तत्कालिन सरकारले जग्गा रोक्का राखे पनि विमानस्थल विस्तारका लागि बजेट भने छुट्याएको थिएन् । स्थानीयबासी जग्गा दिन तयार रहेपनि सरकारले मुआब्जा वितरण नगर्दा समस्या भएको थियो ।