
ओखलढुंगामा । संविधान दिवसको अवसरमा साेमबार ओखलढुंगाका ४ जना कैदीबन्दीको भुक्तान हुन बाँकी सजाय माफी मिनाहा भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ३ गतेदेखि लागू हुने गरी उनीहरूको कैद सजाय माफी मिनाहा गर्नुभएको हो । कैद भुक्तान गरिरहेका ४ जना कैदीलाई सजाय माफी भएपछि घर पठाइएको कारागार कार्यालय ओखलढुंगाले जनाएको छ ।
साेमबार माफी मिनाहा भएका कैदीहरु २ जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरु २ जना बहुबिवाह र २ जना कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी प्रमाणित भएपछि कैद सजाय भुक्तान गरिरहेका थिए ।
उनीहरुलाई अशल चालचलनका कारण कैद सजाय माफी गरिएको कारागार कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्