८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सिन्धुलीको भिमानमा भारतीय माछा बरामद


780
Shares

सिन्धुली । दशैँ तिहार जस्ता नेपालीहरुको मुख्य चाड नजिकिदै गएको समयमा वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको भिमानबाट प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएको माछा बरामद गरेको छ ।

प्रहरीले सवारी मालवाहक सवारी साधन चेक जाँचको क्रममा भिमानमा भन्सार छलेर ल्याइएको ठुलो परिमाणमा भारतीय माछा बरामद गरेको हो ।नुगमनको क्रममा सिन्धुलीको भिमान प्रहरी चेक पोष्टबाट भन्सार छलेर भारतबाट ल्याइएको २ हजार ३८ केजी माछा बरामद भएको हो ।

अवैध रुपमा भन्सार छली गर्ने व्यापारीले सर्लाहीको भुषण एग्रो टेक प्रा.लीको बिल राखेर अवैधानिक रुपमा भारतीय माछा ल्याएको पाइएको हो । भारतीय माछाको नेपाली बिल र भेटेरीनरी प्रमाणपत्र बनाएर काठमाडौं लैजान लागिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बामगती प्रदेश सरकार र नेपाल मत्स्य व्यवसायी संघ चितवनको समन्वयमा अवैधानिक र अस्वस्थ भारतीय माछा नियन्त्रणका लागि चितवनको रामनगर, मकवानपुरको रातमाटे र सिन्धुलीको भिमानमा चेक पोष्ट राखेर केही समय अगाडिदेखि अनुगमन सुरु गरिएको छ ।

अस्वस्थकर विदेशी माछाको नियन्त्रण, भन्सार छली रोकथाम गर्न र नेपालमै उत्पादित माछाको प्रवर्द्धन गर्न भारतीय अवैध माछा नियन्त्रणमा लिइएको हो ।