८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीमा आत्महत्याका घटनालाई रोकथाम गर्ने अभियान संचालन


52
Shares

सिन्धुली । सिन्धुलीमा आत्महत्याका घटनालाई रोक्नका लागि सचेतना कार्यक्रम संचालन भएकाे छ ।

आत्महत्या रोकथाम सम्बन्धी देशब्यापी सचेतनाको अवधारणा २०७९ बमोजिम आत्महत्या दुरुत्साहन कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सोही कार्यक्रम अन्तर्गत सदरमुकाममा सामूहिक र्याली र आत्महत्या न्यूनिकरणका चुनौती र समाधान लगायतको विषयमा अन्तरक्रिया गरिएको थियाे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसी, सिन्धुलीका प्रमुख जिल्ला न्यायधीवक्ता बिमल थापा, स्थानीय जनप्रतिनिधि, वृद्धिजिवि, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख, सशत्र प्रहरी, नेपाल प्रहरी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र नागरिक समाजका अगुवाहरुको समेत सहभागिता रहेको थियो ।

सिन्धुलीमा आर्थिक वर्ष २०७८/०७९ मा ६६ जनाले आत्महत्या गरेकाे एक तथ्यांकले देखाएकाे छ । ५९ जनाले झुण्डिएर र ७ जनाले विष सेवान गरे आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्लामा प्रत्येक महिना आत्महत्याका घटना बढ्दै गएका छन् ।

विभिन्न कारणले बालबालिकादेखि वृद्धवृद्धासम्मका व्यक्तिले आत्महत्या गरिरहेका छन् । यसलाई न्यूनिकरण गर्नका लागि सम्पूर्ण नागरिक गम्भीर भएर लाग्न जरुरी रहेको देखिन्छ । बढ्दै गएको सहरीकरणसँगै महत्वाकांक्षा पनि थपिँदै जाने तर महत्वाकांक्षा पूरा नहुने, व्यवसायमा असफलता, श्रीमान र श्रीमतीबीचको झगडा लगायतका कारणले पनि आत्महत्याका घटना बढेकाे देखिएको छ ।