
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१३ र ६ बाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर–१३ फूलबासा चौक बस्ने ४३ वर्षीया भारती राजवंशी, दमक नगरपालिका–१ का २१ वर्षीय मनोज कुमाल रहेका हुन । साेमबार साँझ विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र प्रहरी चौकी चार आलीबाट खटिएको प्रहरी टोलीले भारतीको घरबाट १२ ग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान, नेपाली रुपैयाँ ३ लाख ५३ हजार ५ सयसहित बरामद गरेको हो ।
त्यस्तै, मेचीनगर–६ मा भारतबाट नेपालतर्फ पैदल आउदै गरेका कुमाल माथि चेकजाँच गर्ने क्रममा उनको साथबाट ३० ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएकाे छ ।
प्रतिबन्धित लागूऔषध र नगद बरामद भएसँगै दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको झापा जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्