१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यादी प्रहरी बन्नु रहर कि बाध्यता ?


546
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै सुरक्षा निकायहरुले पनि आफ्नो तयारी थालेका छन् ।

नेपाल प्रहरीले निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरेको हाे । गत भदौ ३० गतेबाट म्यादी प्रहरीका लागि निवेदन लिन सुरु गरिएको छ । साथै भने असोज ६ गतेसम्म आवेदन दिने अन्तिम म्याद तोकिएको छ । अघिल्लो पटक झैं यस पटक पनि म्यादी प्रहरीमा ब्यापक आकर्षण देखिएको छ । साथै देशैभरी देखिएको याे आकर्षषणले देशमा ब्याप्त बेरोजगारी र सरकारी जागिरप्रतिको आकर्षण प्रतिबिम्बित भएकाे छ ।

नेपाल प्रहरीले निर्वाचनमा सुरक्षाका लागि संगठनको जनशक्ति अपुग हुने भएकाले म्यादी प्रहरी भर्ना गर्दै आएको छ । गत चैतमा सम्पन्न स्थानीय निर्वाचनमा पनि म्यादी भर्ति गरिएकोमा यस पटक पहिले भन्दा बढी म्यादी भर्ति गर्ने तयारीमा नेपाल प्रहरी रहेको छ । म्यादीतर्फ एक लाख १५ हजार भर्ति गरिने भएको छ भने प्रहरी संगठनबाट थप २५ हजार प्रहरी परिचालन गर्ने तयारी भईरहेको प्रहरी प्रवक्ता टेक प्रसाद राई बताउनुहुन्छ ।

प्रहरीले निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरेको छ । गत भदौ ३० गतेबाट म्यादी प्रहरीका लागि निवेदन लिन सुरु गरिएको छ भने असोज ६ गते बिहिबारसम्म आवेदन दिने अन्तिम म्याद तोकिएको छ । अघिल्लो पटक झैं यस पटक पनि म्यादी प्रहरीमा ब्यापक आकर्षण देखिएको छ ।

काठमाडौं प्रहरी परिसर टेकुमा पनि म्यादी प्रहरीमा भर्ना हुनका लागि निवेदन दिनेको भीड लागेको छ । काठमाडौं उपत्यकामा काठमाडौं प्रहरी परिसर टेकु, ललितपुर प्रहरी परिसर जावलाखेल, भक्तपुर प्रहरी परिसर तथा अन्य जिल्लाहरुमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट निवेदन संकलन गर्ने काम भइरहेको छ ।

म्यादी प्रहरीमा भर्ना हुन भर्खरक युवायुवतीदेखि दार्ही कपाल फुलिसकेका प्रौढसम्म निवेदन लिएर लाइन बसेको पाइन्छ । कतिपयलाई छोटो अवधिको तलब सुविधा र म्यादी बन्ने कौतुहल पूरा गर्न रहर भएपनि अधिकांशले भने बेरोजगारीको बाध्यताले म्यादीमा भर्ति हुन चाहेको बताउने गरेका छन् ।

रहर होस कि बाध्यता, म्यादी प्रहरीका लागि भर्ति हुन देशैभरी देखिएको आकर्षषणले देशमा ब्याप्त बेरोजगारी र सरकारी जागिरप्रतिको आकर्षण प्रतिबिम्बित गर्दछ ।