७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


लागुऔषधसहित सात जना पक्राउ


442
Shares

काठमाडाैँ । काठमाडौं महानगरपालिका-६ भृकुटीचोकबाट अवैध लागुऔषध १ ग्राम ब्राउन सुगरसहित टोखा नगरपालिका-३ बस्ने नवलपरासी घर भएका ३३ वर्षीय रेबन कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै झापा, मेचीनगर नगरपालिका-६ मेचीपुल छेउबाट लागुऔषध ब्राउन सुगरजस्तो देखिने ३० ग्राम पदार्थसहित दमक नगरपालिका-१ सुनौलो टोल बस्ने २१ वर्षीय मनोज कुमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-२ बैजुडाँडाबाट अवैध लागुऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ करिब २१ ग्राम ९९ मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली गोदवरी नगरपालिका-५ गेटा छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदन बहादुर चन्द रहेका छन् । प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले से.७ प ४४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटस्थित नेपाल-भारत सीमाक्षेत्रबाट अवैध लागुऔषध खैरो हिरोईनजस्तो पदार्थ करिब ७ सय ५० मिलिग्रामसहित जोशीपुर गाउँपालिका-३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बीओपी कुशुमघाटबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ मज्गैबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ३ सय ९० मिलिग्राम र नगद ५८ हजार ७० रुपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१२ बस्ने २६ वर्षीय सुदन गिरी र सोही उपमहानगरपालिका-१० बस्ने ३९ वर्षीय बलदेव शाह रहेका छन् ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु.८९ प २०२१ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।