१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चिनियाँ कम्पनीकाे लापरवाहीले सडक निर्माणमा ढिलाइ


2.028k
Shares

नवलपुर । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले समयमा सडक निर्माणको काम सम्पन्न गर्न नसक्दा यात्रु तथा चालकहरुले सास्ती खेप्न बाध्य भएका छन् । नेपाल सरकारले सडक निर्माण सम्पन्न गर्न दिएको समयावधि गुज्रिसक्दासमेत निर्माणमा चासो नदिँदा दैनिक यात्रा कष्टकर बन्दै गएको छ ।

नेपाल सरकारले चिनियाँ स्टेट कम्पनीलाई निर्माणको जिम्मा दिएको नारायणगढ–बुटवल सडकखण्ड पटक–पटक म्याद थप्दा पनि अलपत्र अवस्थामा रहेको छ । नारायणगढदेखि बुटवलसम्म सवारी चदाउँदै आएका चालकहरु गन्तव्यसम्म पुग्न निकै मुस्किल भइरहेको बताउँछन् । ३ घण्टा भन्दा कम समय लाग्ने यात्रा ५ घण्टा भन्दा बढी समय लाग्ने चालकहरुको गुनासो छ ।

सडकको यो अवस्था देख्दा यात्रा गर्न मन नलाग्ने अर्का मोटर साइकल यात्रु आशिष रेग्मी बताउँछन् । चिनियाँ कन्सट्रक्सनका परियोजना उपनिर्देशक राकेश झाले बर्खाका कारण सडक मर्मतमा ढिलाई भइरहेको बताउनुहुन्छ । रुख काट्नुपर्ने प्रक्रिया, विधुतीय पोल सार्ने, कोभिड र अन्यविभिन्न कारणले समयमा नारायणगढ –बुटवल सडकखण्डको काम अघि बढ्न सकेको झाको भनाइ छ ।

सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चिनीयाँ कन्स्ट्रक्सन बीच सम्झौताभएको थियो । सम्झौताअनुसार २०७९ साउन महिना भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । यस अवधिमा १८ प्रतिशतमात्रै काम भएपछि पुनःएकबर्षका लागि म्याद थप गरिएको छ । यो हेर्दा निर्माण कम्पनीले सडक सम्पन्न गर्न अझै केहीबर्ष लाग्ने देखिन्छ । निर्माणमा ढिलाइ भएको यस सडकखण्ड हाल बर्खाको समयमा खाल्डाखुल्डी पर्दा झनै कुरुप देखिएको छ ।