१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारलाई बाढी, पहिरो पीडितहरूको बसोबासको व्यवस्था गर्न आग्रह


91
Shares

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले सुदूरपश्चिमका विभिन जिल्लाका बाढी, पहिरो पीडितहरूको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

अछाम, कैलाली, कञ्चनपुर, बझाङ, डडेल्धुरालगायतमा बाढी र पहिरोमा परेर ३२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घटनामा परेर १२ जना बेपत्ता भएका छन् ।

त्यस्तै ४ हजार ५१ घरपरिवार विस्थापित भएको भन्दै आयोगले पीडितको उद्धार, राहत, स्वास्थ्योपचार र बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयले बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरूको अवस्थाबारे अनुगमनसमेत गरेको छ । बाढी पहिरो पीडितको घरमा रहेका अन्नपात, लत्ताकपडा बगाएको, विस्थापितहरू पशुचौपायासहित स्थानीय सडकमा बसिरहेका, खुला आकाशमुनि बस्न बाध्य भएकाले बालबालिका, वृद्धवृद्धाहरू र असहायलाई समस्या परिरहेको, खाद्यान्न अभावको कारण चाउचाउ र चिउरा खाएर बसिरहेको आयोगले जनाएको छ ।