
तस्बिर फाइल
पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र न्यायालयलाई विवादमा मुछ्ने काम भएको बताउनुभएको छ ।
जिल्ला समन्वय समिति पर्वतको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव समयमै टुंगो नलगाएर सिंगो न्यायलयको गरिमा घटाउने काम भएको बताउनुभयो ।
उहाँले दलहरुकै कारण न्यायलय विवादमा आएको भन्दै यो लोकतन्त्रका लागि नराम्रो पक्ष भएको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले संसदको कार्यकालका विषयमा दलहरुबीचको विवादले नागरिकमा नकारात्मक सन्देश गएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्