
ओखलढुंगामा । ओखलढुंगा सदरमुकाम नजिकै रहेको पर्यटकीयस्थल थामडाँडा जाने पक्की सिंढीकाे निर्माण कार्य सम्पन्न भएको छ ।
प्रदेश-१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत विनियोजित बजेटबाट सिंढी निर्माण भएको हो । बिप्लाटे गाउँबाट थामडाँडासम्मै करिब १ किलोमिटर लामो सिंढी निर्माण भएपछि आवतजावत गर्ने पर्यटकलाई सहज भएको छ ।
३३ लाख बजेटमा उपभोक्ता समितिमार्फत उक्त काम सम्पन्न भएको हो । सिंढीसँगै हिंड्डुल गर्न सहज हुनेगरी आल्मुनियमको रेलिङसमेत हालिएको उपभोक्ता समितिका अध्यक्ष मोहन केसीले बताउनुभयो ।
ओखलढुंगा सदरमुकाम र रुम्जाटारल लगायत आसपासका दृष्य अवलोकन गर्ने स्थलका रुपमा थामडाँडा धेरैको रोजाइमा पर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्