
बारा । बारा, पर्साको निकुन्ज क्षेत्र राम वनमा बिहिबार पर्सा प्राणी उधान (चिडियाखाना)को शिल्यान्यास गरिएको छ ।
वन तथा वातावरण मन्त्री प्रदिप यादवले एक समारोहबिच चिडियाखानाको शिल्यान्यास गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री यादवले चिडियाखाना बनाउने प्रस्तावमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सकारात्कम बनेपछि चिडियाखाना निर्माणले बाटो पाएको बताउँदै चिडियाखाना शिल्यान्यासमा मात्र सीमित नभई निर्माण पक्ष द्रुत गतिमा बढाउन आफू लागि परेको बताउनुभयो ।
यस अघि वीरगञ्जले धेरै मन्त्री पाए पनि जिल्लमा एउटा पनि काम गर्न नसकेको बताउँदै आफूले मन्त्री भए लगतै २ महिना लगाएर चिडियाखानाको निर्माणको बाटो खुलाउन सफल भएको बताउनु भयो । उहाँले निर्माण हुने ओपन चिडियाखाना हेर्न नेपालको प्रमुख शहर बाहेक भारतीय पर्यटकको बसाई बारा पर्सामा केन्द्रित हुने बताउनुभयो ।
उहाँले पर्साको भाटादेखि ठोरीसम्म केबलकार बनाउने तयारी अन्तरगत निजी क्षेत्रले अध्ययन थालेको कार्यक्रममा जानकारी गराउनुभएको थियो । मन्त्री यादवले वीरगञ्ज आर्थिक अब आर्थिक मात्रै नभएर पर्सानिकुन्ज र चिडियाखानाले निर्माणले पर्यटकीय केन्द्र बनाउन आफू लागि परेको बताए ।
कार्यक्रममा राष्टिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर महेश्रवर ढकालले ५० हेक्टर क्षेत्रफल रहने चिडियाघर सम्रग तराईमा पहिलो रहेको बताउँदै बहुवर्षीय योजना अन्तरगत यहाँ वन्यजन्तु ल्याउनेदेखि उद्धार केन्द्रको रुपमा चिडियाखानालाई विकाश गरिने बताउनुभयो ।
जितपुर सिमरा उपमहानगरका प्रमुख राजन पौडेल लगाएतका व्यक्तिले चिडियाखानाको निर्माणले बारा, पर्सा मात्र नभई सम्रग मधेशको पर्यटकीय क्षेत्र चलायमान बन्ने धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्