२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन : अध्यक्ष नेपाल


2.184k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई घमण्डीको संज्ञा दिनुभएको छ ।

बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले अध्यक्ष ओलीप्रति इंगित गर्दै घमण्डीको संज्ञा दिनुभएको हो । उहाँले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवामा कुनै घमण्ड नरहेको उल्लेख गर्दै कोही भने धेरै घमण्डी भएको बताउनु भयो । उहाँकै मान्छेहरु पैसा, बल, ज्ञान, सत्ता वा कुनै कुराले घमण्डी बन्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो वर्तमान प्रधानमन्त्रीमा कुनै घमण्ड छैन, तर कोहीमा बढो अहंकार हुँदो रहे छ । त्यो घमण्डी नभएर अहंकार नभएर सरल जीवन बतिाउने कुरा ठूलो कुरा हो । मान्छेहरु पैसाको अहंकारले मात्तिएका हुन्छन्, कि सत्ताको अहंकारले मात्तिएका हुन्छन् । कि बलको अहंकारले मात्तिएका हुन्छन् । कि ज्ञानको अहंकारले मात्तिएका हुन्छन् । केही चिजले मात्तिएका हुन्छन् । क्वालिट भएर पनि विनम्र छ भने त्यो मान्छे नै सबैको पूज्य हुन्छ । स्व. थापा पनि त्यस्तै विनम्र हुनुहुन्थ्यो ।’

अध्यक्ष नेपालले स्व. थापामा विद्वतासँगै विनम्रताको उदाहरण रहेको बताउनुभयो ।