
इलाम । भुटानी शरणार्थी शिविर बेल्डाँगीका ४४ वर्षीय लालबहादुर गुरुङको हत्यामा संलग्न भएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यहि असाेज ५ गते साँझ धारिलो हतियार र ढुंगा प्रहार गरी गुरुङकाे हत्या भएकाे थियाे । साेही हत्यामा संलग्न भएका ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । झापा र इलामको सीमानास्थित इलामको चुलाचुली–५ मा एक समूहले धारिलो हतियारले आक्रमण गर्दा गुरुङ्गको मृत्यु भएको थियो ।
अपराधिक पृष्ट भूमिका गुरुङले चुलाचुलीका एक व्यक्तिको रकम लुटेपछि त्यसको बदलामा युवाहरु मिलेर कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले बताउनुभयो । धारिलो हतियारले आक्रमण गर्दा गुरुङको शरीरका विभिन्न भागमा चोट लागेको उहाँले बताउनुभयाे । घटनामा संलग्न ९ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे हाे ।
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका इलामका शिव हिङहाङ भन्ने नरेन्द्र दर्जी, नरेश कुमार याखा, अभिषेक केरुङ, सेसेयाङ याखा, चन्द्र कुमार यवा, डम्बर यवा , नरेन्द्र तुम्रोक, विक्रम हिङमाङ (नेपाली) र परशु राई रहेका छन् । उनीहरुले आफूहरु हत्यामा संलग्न रहेको स्वीकार गरेकाे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्