
सिन्धुली । नेपालीहरुको मुख्य चाडपर्व दशैं र तिहार नजिकिएसँगै सुरक्षित यात्रा संचालन गर्ने उदेश्यले सिन्धुलीका राजमार्गहरुमा सवारी चेकजाँचमा तीब्रता दिईएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्याल सिन्धुलीले वीपी, मदन भण्डारी र मध्यपहाडी राजमार्गका विभिन्न नाकामा सवारी चेकजाँचमा कडाई गरेको हो । चाडपर्वकाे अवसरमा राजमार्गहरुमा यातायातका साधनहरुको चाप बढेसँगै दुर्घटना जोखिम समेत बढेपछि सवारी चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जेजंग कार्कीले बताउनुभयाे ।
सिन्धुली जिल्लाभित्र संचालन हुने र सिन्धुली हुँदै चल्ने विभिन्न गन्तव्यका लागि संचालन हुने सवारी साधनहरुको चेकजाँच तथा सवारी चालकको स्वास्थ्य परीक्षण समेत गरिएकाे छ । सडक दुर्घटना न्यूनीकरणका लागि सडकमै स्वास्थ्य शिविर राखेर राजमार्गमा गुड्ने विभिन्न सवारी साधनका सवारीचालक र सह–चालकलाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गरिएपछि दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रहरीले जनाएकाे छ ।
चेकजाँचका क्रममा सिन्धुलीका राजमार्ग नजिक दुर्घटना सम्भावित क्षेत्रको जानकारी गराउदै दुर्घटना सम्भावित क्षेत्र, गति समिति गरौं भने लेखिएको साइन बोर्ड समेत राखिएको भने, ट्राफिक नियमको पालना नगर्ने सवारी तथा ट्राफिक नियम विपरित चलेका ५ हजार २ सय सवारी साधन कारबाही गरिएको छ । सिन्धुलीमा ट्राफिक नियम विपरित चलेका २ हजार ४ सय ५० सवारी साधन कारबाहीमा परेका छन् । सवारी साधन कारबाहीबाट २४ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
सिन्धुली ट्राफिकले ३ सय २६ बस कारबाही गर्दा ३ लाख १७ हजार ५ सय रुपैयाँ, ६ सय १५ जिप र कार कारबाही गरेर ६ लाख १५ हजार ५ सय रुपैयाँ, १ सय ७० ट्याक्टर कारबाही गरेर १ लाख ५७ हजार रुपैयाँ, मोटसाइकल, स्कुटर कारबाही गरेर ५ लाख ८३ हजार ५ सय रुपैयाँ, २ सय ३५ अटो लगायत अन्य कारबाही गरेर २ लाख २९ हजार ५ सय राजस्व संकलन भएको जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस्