१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमालेसँग चुनावी तालमेलका लागि लोसपाले बनायो छलफल समिति


143
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमालेसहित विचार मिल्ने अन्य पार्टीहरूसँग चुनावी तालमेलबारे छलफल गर्न कार्यदल गठन गरेको छ ।

अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महत्तोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ ।

कार्यदलमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल सदस्य छन् ।

कार्यदल गठन गर्दै अध्यक्ष ठाकुरले एमालेसहित अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्ने वातावरणका लागि छलफल गर्ने जिम्मेवारी दिनुभएको हो ।

लोसपाले यसअघि सत्ता गठबन्धनमा सामेल हुन लामो समयसँग गृहकार्य गरेको थियो । गठबन्धन दलभित्र विवाद भएपछि लोसपा सत्ता गठबन्धनमा सामेल हुन पाएन ।