९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


थप ७६ जना कोरोना संक्रमित, ८७ संक्रमणमुक्त


39
Shares

काठमाडौं । थप ७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ६९ जनामा नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

त्यस्तै, शुक्रबार ८७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ३७१ पुगेको छ ।

गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।