
काठमाडौं । नेपालले बंगलादेश ‘ए’ टिमसँग त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट सिरिज खेल्न प्रस्ताव गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले दशैँ लगत्तै घरेलु मैदानमा बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी अघि बढाएको हो ।
नेपाल टी–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले अभ्यासका लागि बंगलादेशसँग शृंखलाको प्रस्ताव राखेको हो । नेपालले तीन एकदिवशीय अभ्यास खेलको लागि बंगलादेशको ‘ए’ टिमलाई प्रस्ताव गरेको हो ।
नेपाली टिमलाई एकदिवशीय फम्र्याटमा अभ्यास गराउनका निम्ति यो सिरिज प्रस्ताव गरिएको क्यानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्