२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सामाजिक सञ्जालको दुरुपयोग गरी युवामा भ्रम छर्ने काम भइरहेको छ : महेश बस्नेत


637
Shares

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय युवा संघको प्रचार भेलामा बोल्दै नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको बताउनुभएको हो । उहाँले राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने बताउनुभयो । नेता बस्नेतले पछिल्लो समय युवाहरुमा देखिएको निराशालाई युवा संघले समयमा समाल्न नसके विदेश पलायन वा विकृतिमा लाग्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग गरेर माओवादीे, वाइसेल, काँग्रेस, नेविसंघ लगायतले भ्रम छरेको आरोप लगाउनुभयो ।

नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैल्याउन पार्टीका नेता कार्यकतालाई समाप्त पार्नेगरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरु उत्पादन गर्न विभिन्न समूह लागेको बताउनुभयो । उहाँले त्यसको लागि अन्तराष्ट्रिय मिसिनहरु समेत परिचालित भएको दाबी गर्नुभयो ।

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमाले माथि जथाभावी आक्रमण भइरहेको बताउनुभयो । उहाँले सामाजिक सञ्चाल र साइवरमार्फत एउटा कोठामा बसेर एमालेलाई गरेको आक्रमण गरेको बताउनुभयो । नेता बस्नेतले आफूलाई नक्कली आइडीमार्फत ८ हजार १ सय जनाले गाली गर्ने मान्छे रहेको बताउनुभयो । उहाँले नक्कली आइडी बनाएर गाली गर्नेहरुलाई राम्रो सम्बोधन गर्न नसकिने बताउनुभयो ।

उहाँले आगामी निर्वाचनमा एमाले माथि बाधा अड्चन आउँछ भने युवासंघले प्रतिकार गर्नुपर्ने बताउनुभयो । उहाँले युवा संघले नविनता,गतिशिलतासँगै रहर लाग्दो, भर लाग्दो र डर लाग्दो युवा संघ अगाडि जाँदा मंसिर ४ गतेको निर्वाचनमा एमालेको विजय कसैले रोक्न नसक्ने बताउनुभयो ।