२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु


715
Shares

धनकुटा । धनकुटामा शुक्रबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनकुटा नगरपालिका–६ पात्लेका ५७ वर्षिया राजबहादुर राई रहेको प्रहरीले जनाएको छ ।

फर्निचर बनाउने क्रममा विद्युत सर्ट हुँदा करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।